Canton of Lumbini, Federal Democratic Rebublic, Nepal
About Me
You mite be tempted to call me The Himalayan Nero.. I'm not exactly the Nero that burnt Rome or that burns ROM, but still I burn!! Ima fun lurver. Bad min ton's tons of fun. Love watchiin' soccer and I'm not very good at it. I go swimmiin' a lot but don't think I'll get the golds anytime soon. I'm fond of travelliin' new places, meetiin' new people n gettiin' new thrillz n many more.. To know more about me please Don't click here! ______________________________________________________
सुकिला सरहरूलाई एउटा ज्ञापनपत्र कृष्णज्वाला देवकोटा
2009-05-21,Thursday सरहरू, दर्शन ! सदियौंदेखि पुरोहितको उच्च आसनमा राखेर सम्मान गर्दै आएका यहाँहरूलाई आज ज्ञापनपत्र लेख्नुपर्दा अत्यन्त नरमाइलो लागेको छ । सरहरूलाई धेरै कुरा थाहा छ । राजधानीको कुन तारे होटलको कुन पेय वा परिकारको स्वाद कस्तो छ, यहाँहरू जानिसिन्छ । नेपालस्थित कुन राजदूत गल्फका शौखिन छन्, कसलाई चेस मन पर्छ, को क्रिकेट वा फुटवलका दिवाना छन्, त्यो पनि यहाँहरू थाहा पाइसिन्छ । काठमाडौंस्थित आइएन्जिओका हाकिमहरू र तिनका रुचि पनि सरहरू बुझिसिन्छ । सेना, प्रहरी र प्रशासनका उच्चपदस्थहरूसँग यहाँहरू नियमित संवाद गरिसिन्छ । काठमाडौदेखि लन्डन र ओस्लोदेखि बोस्टनसम्मको मौसमबारे पनि जानकार होइसिन्छ । तर, नेपाली समाजको कम्पास कता घुमिरहेको छ, किन घुमिरहेको छ, सरहरू मेसो पाइसिन्न । सरहरूलाई रोमको इतिहास थाहा छ तर रोल्पाको बढ्दो तापमान थाहा छैन । सरहरूलाई थाक्सिनले किन्न खोजेको फुटबल क्लवको कथा थाहा छ तर थारुले लडिरहेको लडाइँको मूल्य थाहा छैन । सरहरूलाई मस्कोको मौसम थाहा छ, तर मधेशको आवेग थाहा छेन । रिसानी माफ होस्, नेपाल अब कफी सपका बौद्धिक विलास, पाँचतारे होटलका कक्टेल डिनर, सेमिनारका विकासे वहस र टेलिभिजन साक्षात्कारहरूमा सरहरूका मुखारविन्दबाट प्रकट हुने नैतिक उपदेशभन्दा धेरै जटिल भइसकेको छ ।
सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला नगर्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । आर्थिक अभावका कारण उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । सरहरूसँग वकिल छन्, प्रोफेसर छन्, मिडियाको ठूलै पंक्ति छ, अदालत छ, सेनापति छन्, राष्ट्रपति छन्, विदेशी राजदूतहरू छन्, केवल मैलो जनता छैन । पहिलेपहिले जनता ठूलो कुरो थिएन, त्यसैले सरहरूका उपदेश एकैचोटि ताम्रपत्रमा छापिन्थे । आजकल थारु महिलासमेत हातमा घोचो लिएर प्रहरीसँग लड्छन् । देश बहुलाएको छ । त्यसैले लोकतन्त्र बाह्र वर्षे 'प्रजातन्त्र' जस्तो यहाँहरूको बिछ्यौना हुन गाह्रो छ । मन त के मान्ला र तर यसपाला सरहरूले अलिकति 'कम्प्रोमाइज' गर्नै पर्लाजस्तो छ ।
माओवादीहरू केवल निमित्तमात्रै हुन् । बल तिनका सिद्धान्तमा थिएन, बल समाजका जटिलता र विषमतामा थियो । यो लडाइँ लोग्नेले छाडेका आइमाइहरूले लडे । काँतर भनिएका आदिवासीले लडे । सेवक ठानिएका जनजातिले लडे । राज्यले अवसरहीन तुल्याएका बेरोजगार युवाहरूले लडे । आज्ञाकारी भनिएका अनि सबैभन्दा मैला र सबैभन्दा प्रतिष्ठाहीन दलितहरूले लडे । जब ती अनकन्टार पहाडलाई आफ्नै रगत छ्यापेर ब्युँताउँदै थिए, त्यतिखेर सरहरू कहाँ होइसिन्थ्यो ? महाराज ज्ञानेन्द्रलाई दाम चढाउँदै ? युवराज पारसका बाहुलीबाट गोदवा थाप्दै ? संकटकालका पक्षमा कविता लेख्दै ? यो लडाइँ कुलीनहरूको बुद्धिविलास होइन, सरहरू । समाजको सबैभन्दा सीमान्तवर्गले सबैभन्दा दुर्दान्त लडाइँ लड्नुपर्ने विषमता यथावतै राखेर र मैलो मान्छेका आँसुलाई कार्पेटमुनि लुकाएर अब सरहरूले लोकतन्त्रको आइसक्रिम खान गाह्रो छ । समाजका बेथितिलाई सुल्झाउन सहयोग गरिसियोस् । समुदायका आत्मसम्मानलाई सम्बोधन गर्न स्वीकार गरिसियोस् । समयको संकेत बुझिसिएन र चाउचाउ भाषा गरेर समाजलाई उल्टोतिर फर्काउन खोजिसियो भने एक दिन मैलो मान्छेले सरहरूको सुकिलो संसार साँच्चिकै कब्जा गर्छ, सर ।
सरहरू 'विधि'को कुरा गरिसिन्छ तर एउटा प्रधान सेनापतिको उमेरसम्बन्धि मुद्धामा तीन वर्षसम्म फैसला गर्न नसक्ने अदालत न्यायालयका नाममा कलंक हो भन्न सरहरूसँग जिब्रो छैन । सरहरू 'सिस्टम' का पक्षपाती होइसिन्छ तर आर्थिक अभावका कारण आफ्ना बच्चाको उपचार गर्न नसकेर पहिले बच्चालाई मार्ने अनि आत्महत्या गर्ने मधेशकी विपन्न आमाको आत्महत्या सिस्टमको आत्महत्या हो भन्ने स्वीकार गर्न सरहरूसँग छाती छैन । सरहरूले बनाइदिएका विधि र सिस्टमका मानक असफल भइसके, सर । सरहरू राष्ट्रपतिलाई शिखन्डी बनाएर वाण हानिसियोस्, सेनापतिको बर्दीमुनि लुकेर छिर्के मारिसियोस्, दूतावासहरूका ढोकामा लाम लागिसियोस् तर अब मैलो मान्छेले आफ्ना विधि र सिस्टमको मानक आफैं बनाउनेछ । मधेश हेरिसियोस्, थारु हेरिसियोस्, कणर्ाली हेरिसियोस्, मजदूर हेरिसियोस् र भनिसियोस्, अब सरहरूको कमान्ड कहाँ छ ? कसले सुन्लाजस्तो छ सरहरूको विलाप ?
यो देशमा माक्र्स वा माओलाई सही प्रमाणित गर्न जन्मेको को छ ? कसको जन्म प्रचन्डपथको औचित्य पुष्टि गर्न भएको हो ? सरहरू, नेपाली अहिले कोही पनि माक्र्स होइन, आफैंलाई प्रमाणित गर्न लडिरहेको छ । मलाई सोधिसिन्छ भने कम्युनिष्ट एकदलीयता अब इतिहासको सिनो भइसकेको छ । सर्वहाराको अधिनायकत्वका नाममा कम्युनिष्ट पार्टीका मुठीभर नेताहरूले शासन गर्ने परिपाटी समाप्त भइसकेको छ । तर, सरहरू ! यहाँहरूको प्रजातन्त्र चरम यौवनमा पुग्दै गर्दा संसारभरि असफल भइसकेको माओवादी झन्डा उठाएर एउटा सानो समूहले युद्धको उद्घोष गर्यो र हेर्दाहेर्दै त्यसले सरहरूको प्रजातन्त्रलाई धूलिसात् बनाइदियो । सरहरूले तिनका टाउकाको मूल्य तोकिसियो । भैरवनाथगण जस्ता हिटलरसमेत लजाउने यातनागृहहरू खडा गरिसियो । तैपनि, सरहरू सोचिसियोस् त, माओवादी सेनामा चालीस प्रतिशत महिला सहभागिता किन सम्भव भयो होला ? सबैभन्दा आज्ञाकारी मानिने मगर किन यति व्यग्रतापूर्वक लड्यो होला ? सबैभन्दा काँतर भनिएको थारुमा यस्तो तीव्र आवेग कताबाट आयो होला ? समाजको सबैभन्दा मैलो मान्छेले श्रीपेच नै रसातलमा मिल्किने गरी यति ठूलो ज्वालामुखी कसरी पैदा गर्यो होला ? यी प्रश्नको उत्तर नखोजी, यी प्रश्नलाई कार्पेटमुनि लुकाएर सरहरूले कस्तो लोकतन्त्रको झन्डोत्तोलन गर्न खोजिसिएको हो ?
सरहरू सजिलै समाचार बनिसिन्थ्यो किनकि सरहरूसँग पहुँच थियो, प्रभाव थियो, सत्ता थियो । सरहरूको खोकी समाचार बन्थ्यो तर हुम्लीको सनातन आत्महत्या समाचार बन्दैनथ्यो । सरहरूले मस्र्या भन्ने गरेको मधेशीको भोक समाचार बन्दैनथ्यो । तर, सरहरू, अब नेपाल त्यो हिजोको 'प्रजातान्त्रिक' नेपाल रहेन । मधेशीले मुठी कसेको देख्दा, थारुले लाठी उठाएको देख्दा, कणर्ालीले नारा लगाएको देख्दा, दलितले अधिकार मागेको देख्दा सरहरू पक्कै नरमाइलो मानिसिन्छ तर इतिहासको रथ सरहरूको रुचि अनुसार अघि बढ्दो रहेनछ, सर ।
सरहरूको सुकिलो संसारकै छेउमा अभाव, रोग र भोकको, अस्तित्वहीनता र अलगावको प्रदेश छ । सरहरूका र समाजका चिन्ता फरक छन् । सरहरूलाई अनुशासनको चिन्ता छ, समाजलाई अस्तित्वको । सरहरूलाई अत्तरको चिन्ता छ, समाजलाई छाक टार्ने अन्नको । समाजको लडाइ सुकिलो र मैलोबीच भइरहेको छ । सरहरूको कृपाले समाजमा मैला धेरै छन् र तिनैले यो लडाइँ जित्नेछन् ।
माओवादीको सरकार जमेन । किन जमेन भने त्यो सररूबाट 'लेजिटिमेसी' पाउने चक्करमा दोबाटोमै घुमिरह्यो । संक्रमणकालका नाममा त्यसले कुनै पनि फोहरलाई छोएन जसलाई सबैभन्दा पहिले मिल्काउनुपर्ने थियो । अब माधव नेपाल प्रधानमन्त्री हुन लागेकोमा भने सरहरूलाई बधाइ छ । जनता एक दिन मत हाल्थ्यो र ठान्थ्यो, पूरै सत्ता मेरो मतबाट निर्धारण हुन्छ । लोकतन्त्रको यो सबैभन्दा ठूलो सत्य वा भ्रम थियो । दुईदुई ठाउँबाट जनताले हराएका माधव नेपाल प्रधानमन्त्री बनेपछि त्यो भ्रम पनि सकिएको छ ।
सीमान्त तप्काको शक्ति र आकांक्षा कुन रूपमा प्रकट भइरहेको छ, सरहरूलाई बुझ्न अलि कठिन, स्वीकार गर्न झन् कठिन भइरहेको छ । संसारलाई थाहा छ, सरहरू संवैधानिक राजतन्त्रकै पक्षमा होइसिन्थ्यो । संसदवादी दलहरू र महाराजाधिराज ज्ञानेन्द्र शाह मिलेर 'प्रजातन्त्र' को गाडा धकेल्नुपर्छ भनेर सरहरूले पटकपटक पुकारा गर्नुभयो । यतिखेर सरहरू आफ्नो सामाजिक सत्ता जोगाउन शान्तिप्रक्रियादेखि संविधान निर्माणसम्मका सबै 'लफडा' छाडेर मुलुकलाई गृहयुद्धतिर फर्काउन उद्धत होइसिन्छ । तर, आदरणीय सरहरू, मुलुक गृहयुद्धतिर फेरि फर्केछ भने पनि त्यतिखेर सबैभन्दा बढी गुमाउने त निश्चय नै यहाँहरू नै होइसिनेछ किनभने अहिलेको नेपालमा गुमाउनका लागि सबैभन्दा बढी सुख त यहाँहरूसँगै छ ।